वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

Published on

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै रकम ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जनाएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पञ्चखाल नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३५ वर्षीय रुपेश लामिछाने रहेका छन् । उनले अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट नौ लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।


त्यस्तै धादिङको खनियाबास गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३५ वर्षीय हीरा तामाङ पक्राउ परेका छन् । उनले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट आठ लाख ५० हजार रुपियाँ ठगी गरेको आरोप रहेको छ ।दुवै जनालाई सम्बन्धित स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...