खोटाङमा बिहे भोज खाएका सय जना बढी बिरामी

Published on

काठमाडौं । खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् । माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । उनीहरुमा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने समस्या देखिएको जन्तेढुङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले बताउनुभयो । भोज खाएपछि उनीहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको उहाँको भनाइ छ ।

सुरुमा केही व्यक्तिहरू बिरामी भएको खबर आएपछि स्वास्थ्यकर्मीले घरघरमा गएर उपचार गरेका थिए । तर पछि गाउँका प्रत्येक घरमा मानिसहरू बिरामी भएपछि दिप्लुङकै निगालावास भन्ज्याङ दुई घरमा सबैलाई ल्याएर उपचार गराइएको कार्कीले बताउनुभयो । एम्बुलेन्समार्फत बिरामी ल्याउने र सुधार भएपछि घरमै पुर्‍याउने काम धमाधम भइरहेको छ । हालसम्म करिब ८० जना बिरामीहरू ठीक भइसकेको उहाँको भनाइ छ । अन्य बिरामीलाई स्वास्थ्यकर्मीहरूले उपचार गरिरहेका छन् । केही व्यक्ति भने सिकिस्त रहेका छन् । स्लाइनपानी, जीवनजल लगायतका औषधी गाउँपालिकाले व्यवस्थापन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट पनि केही मात्रमा औषधीहरू लगिएको छ । ‘फुडपोइजन’का कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ सङ्कलन गर्न चिकित्सकको टोली आउँदै गरेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनुभयो ।

बिहे भोज खाएर गएका टाढा टाढाका पाहुनाहरू पनि बिरामी भएको खबर आएको छ । नजिकै रहेका पाहुनालाई सोही ठाउँमा ल्याएर उपचार गराइएको छ । आइतबार बिहान पनि नजिकै रहेका गाउँका पाहुना बिरामी भएको खबर आएपछि बिरामी ल्याउन एम्बुलेन्स पठाइएको कार्कीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...