बैतडीमा हाइस दुर्घटना हुँदा चालकको मृत्यु

Published on

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-३, श्रीकोटको घोणेधार भन्ने स्थानमा इभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इभी हाइसका चालक दोगडाकेदार गाउँपालिका–५, न्वाली निवासी २५ वर्षीय मदन ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक बल्देब बडूले जानकारी दिनुभयो ।

शनिबार राति करिब ९ बजेर ४५ मिनेटमा सिल्लेगडाबाट बडिँयातर्फ जाँदै गरेको सुप प्र. ०३००१ ज. ०६२४ नम्बरको इभी हाइस घोणेधारमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका चालक ठगुन्नालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इभी हाइस सडकबाट करिब २५० मिटर तल खोलामा खसेको थियो । सो समयमा हाइसमा चालक मात्र सवार रहेका थिए । यसअघि बिहीबार बैतडीको पुर्चाैडी नगरपालिका–७ मा जन्ती लिएर फर्किने क्रममा भएको बस दुर्घटनामा बैतडी र बझाङका गरी १३ जनाको मृत्यु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...