चितवनको माडीमा नेपालकै पहिलो सालक सम्मेलन सुरू

Published on

काठमाडौं । चितवनको माडीमा नेपालमै पहिलो पटक सालक संरक्षणसम्बन्धी राष्ट्रिय सम्मेलन सुरू भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सोमबार बिहानदेखि सम्मेलन सुरू भएको हो । सालक सम्मेलनको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरत केसीले गर्नुभयो । सम्मेलनमा बागमती प्रदेश अन्तर्गतका डिभिजन वन कार्यालय प्रमुखहरू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, जिल्लाका सामुदायिक वनका प्रतिनिधि तथा संरक्षण क्षेत्रमा क्रियाशील विज्ञ र अभियन्ताहरूको सहभागिता रहेको छ ।

डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, यसको संरक्षण आवश्यकताका कारण, संरक्षणमा देखिएका चुनौती तथा भावी रणनीतिका विषयमा विस्तृत छलफल भइरहेको छ । संरक्षणमा हातेमालो गर्दै आएका विभिन्न सङ्घ–संस्था, विज्ञ र सरोकारवालासहित २०० भन्दा बढी सहभागीको उपस्थितिमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनका क्रममा सालक संरक्षणका लागि आवश्यक नीति, कार्ययोजना र दीर्घकालीन दृष्टिकोणबारे छलफल गरिने बताइएको छ । छलफलपछि सालक संरक्षणसम्बन्धी ‘माडी घोषणापत्र’ जारी गर्दै सम्मेलन सम्पन्न गरिनेछ ।

सालक लोपोन्मुख वन्यजन्तुका रूपमा सूचीकृत छ । यो जनावर नेपाल, भारत, चीनलगायत दक्षिण एसियाली देशहरू तथा अफ्रिकाका केही उष्ण भूभागमा पाइन्छ । अत्यन्त लजालु, संवेदनशील र शान्त वातावरण मन पराउने सालक मानिसका लागि हानिकारक हुँदैन । बरु धमिरा र कमिला खाएर खेतीबाली जोगाउने भएकाले सालकलाई किसानको साथीका रूपमा पनि चिनिन्छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...