दार्चुलामा बहालवाला प्रहरी हवलदार मृत फेला

Published on

काठमाडौं । दार्चुलामा नेपाल प्रहरीका बहालवाला प्रहरी हवलदार मृत फेला परेका छन् । यहाँको जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरीमा कार्यरत अन्दाजी ३८/४० वर्षीय प्रहरी हवलदार योगेन्द्रसिंह घर्ती मृत फेला परेको महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिनुभयो । प्रहरी हवलदार घर्ती बाङ्गाबगड तल्लो बजारको पछाडी पट्टी मृत फेला परेको उहाँले बताउनुभयो । घटना सोमबार राति भएको हुन सक्ने र प्रहरी हवलदार घर्तीको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

मृतक हवलदार घर्तीको टाउकोमा ४/५ वटा ठुलो घाउहरु रहेको प्रत्यक्षदर्शी एवम् वडा अध्यक्ष चुनाराले जानकारी दिनुभयो । घर्तीको चक्कु प्रहारबाट मृत्यु भएको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । “मृतक प्रहरी हवलदार हाम्रै नजिकको भाइ हो, घटना शङ्कास्पद जस्तो देखिन्छ,’’ उहाँले भन्नुभयो । मृतक प्रहरी हवलदार दार्चुलाको महाकाली नगरपालिका–४ बिच बजारका स्थानीय भएको उहाँले बताउनुभयो । अहिले प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको बताइएको छ । यता घटनाबारे थप जानकारी लिन दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरब महतलाई फोन सम्पर्क गर्दा उहाँको फोन रिसिभ हुन सकेको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...