सुन्तला बिक्रीबाट लोभलाग्दो आम्दानी

Published on

काठमाडौं । जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ किम्बोटका एक दम्पतीले सुन्तला बिक्री गरेर १० लाख आम्दानी गर्नुभएको छ । ‘‘गत वर्ष सुन्तला बिक्री गरेर १२ लाख आम्दानी भएको थियो, यो वर्ष मौसमले धोका दिँदा १० लाख ७० हजार रुपियाँको आम्दानी भएको छ’’ किसान कुलप्रसाद कँडेलले भन्नुभयो । सुन्तला खेती कँडेलको बाध्यता होइन, रहर हो । उहाँका कान्छा छोरा काठमाडौंमा इन्जिनियरिङ अध्ययन गर्दै हुनुहुन्छ भने जेठा छोरा अमेरिकामा हुनुहुन्छ । बुबाले केही बोट लगाएर सुरु गरेको सुन्तला खेतीलाई कँडेल र उहाँकी श्रीमती सीताले बगानमा परिणत गर्नुभएको छ । सुन्तला खेती अहिले २० रोपनी क्षेत्रफलमा फैलिएको छ । ‘‘छोराहरुले काठमाडौं र अमेरिका बोलाउँछन् तर सुन्तला बगैचा देखेर अझै केही वर्ष घर छोड्न मनले मान्दैन’’ ५० वर्षिय कुलप्रसादले भन्नुभयो, ‘‘सयौको सुन्तलामा रहेका बोटले राम्रो उत्पादन दिँदा आम्दानी मनग्य भएको छ । दम्पतीका लागि अझै केही गर्न सक्ने कँडेलले दृढ विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘‘गर्न सकुन्जेल सुन्तला बगानमै रमाउने हो ।’’

व्यापारी घरदैलोमै आउन थालेपछि सुन्तला बजारीकरणको कुनै समस्या नरहेको कँडेलको भनाइ छ । सुन्तला धनी र व्यापारीबिच मूल्य मिलेपछि व्यापारीले बोटबाटै सुन्तला टिपेर लैजान्छन् । वर्षभरि दुःख गरेको सुन्तला बगैंचा टिपुन्जेल व्यापारीको हुन्छ । उनीहरु आफैले कामदार ल्याएर सुन्तला टिप्ने र बजार लैजाने काम गर्ने कँडेलले बताउनुभयो । “छोराहरुलाई यही सुन्तला बेचेरै पढाए । बाहिर देश पुगे । पहिले बजार खोज्नुपर्ने बाध्यताले दुःख थियो, अहिले सुन्तला खेती र कमाई पनि राम्रो छ” कँडेलले भन्नुभयो, “स्थानीय सरकारले केही प्राविधिक सहयोग गरे पनि अब करमा जोड्ने योजना बनाएको छ । करमा जोड्नुपूर्व किसानलाई प्रविधि, औषधी र ज्ञान सिपको लागि तालिम दिनुपर्छ ।’’

स्थानीय सरकार र सरकारी निकायबाट किसानले सोचेअनुसार सहयोग नपाएको कँडेलको गुनासो छ । सुन्तलाको पकेट क्षेत्र भए पनि बिहुँमा दिनानुदिन बढ्दै गएको बसाइसराई रोक्न सके सुन्तला खेतीबाट आर्थिक समृद्वि यात्रा तय गर्न सकिने उहाँको भनाइ छ ।‘‘अहिले युवाविहीन बनेको छ । अधिकांश घरमा बुढाबुढी मात्रै छन्’’ कँडेलले भन्नुभयो, ‘‘गाउँमै बसेर काम गर्न सक्ने वातावरण बनाउन स्थानीय तहले कार्यक्रम ल्याउनुपर्छ ।’’ अहिले सुन्तला बगैंचामा काम गर्ने मान्छे खोज्न भिमपोखरातिर धाउनुपर्ने सिता कँडेल बताउनुहुन्छ । ठुलो बगैंचामा बुढाबुढीले मात्रै काम गरेर नसकिने हुँदा सुन्तला गोलमेल र व्यवस्थापन गर्न एकसय हाराहारी कामदार चाहिने कँडेलले बताउनुभयो । गाउँघरमै आम्दानीको सम्भावना देख्नुभएको कँडेल दम्पतिले विदेशमाजस्तै दुःख आफ्नै मोटोमा गर्न सके सफल त्यही मिल्ने कँडेल दम्पति बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...