लहानका २४ वटै वडामा निःशुल्क क्यान्सर शिविर

Published on

काठमाडौं । लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ । क्यान्सर रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘लहान क्यान्सर केयर सेन्टर’ सँग आज औपचारिक सम्झौता गरेको छ । एक समारोहका बिच नगरपालिका र केयर सेन्टरबिच सम्झौता भएको घोषणा गरिएको हो । कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले क्यान्सर जस्तो गम्भीर रोगको समयमै पहिचान भए उपचार सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नगरका सबै वडामा पुगेर निःशुल्क शिविरमार्फत सेवा दिने छौँ । करिब एक हजार जना नगरवासीलाई यो सेवा उपलब्ध गराउने हाम्रो मुख्य योजना छ ।”

नगर प्रमुख चौधरीले शिविरमार्फत क्यान्सरको प्रारम्भिक पहिचान गरिने र थप उपचार आवश्यक पर्ने बिरामीका लागि समन्वय गरिने जानकारी दिनुभयो । यस अभियानका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरिसकेको छ । लहान क्यान्सर केयर सेन्टरका प्रमुख अशोकलाल अमात्यले क्यान्सर पहिचान अभियान आजैदेखि सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा पहिचान भएका बिरामीको उपचारमा भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग गर्ने छ । यस अभियानमा लायन्स क्लब अफ लहानलगायत स्थानीय सङ्घ संस्थाले पनि समन्वय र सहजीकरण गर्ने छन् । केयर सेन्टरले यसअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पताल झापा र भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ भने समुदाय र विद्यालयस्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ । 

त्यस्तै, प्रत्येक महिनाको अन्तिम बुधबार विशेषज्ञ चिकित्सकमार्फत स्क्रिनिङ सेवा दिँदै आएको छ । साथै, महिलामा हुने पाठेघरको मुखको क्यान्सर पहिचानका लागि ‘प्याप स्मेयर’ परीक्षण दैनिक रूपमा भइरहेको जनाइएको छ । समारोहमा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल साहले लहान क्यान्सर सेन्टरसँग प्राविधिक सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । उहाँले यो अभियानले सिराहा मात्र नभई सप्तरी र उदयपुरसम्मका बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...