तीन महिनापछि बल्यो बिजुली

Published on

काठमाडौं । हिमालपारिको गाउँपालिका चुमनुब्री गाउँपालिकाको सामागाउँ र साम्दोका बासिन्दाले तीन महिनापछि पुनः बिजुली बाल्न पाएका छन् । सामागाउँ जलविद्युत् आयोजनाको उपकरण मर्मत सम्पन्न भएसँगै विद्युत् सुचारु भएको छ । लघुजलविद्युत् आयोजनाका अध्यक्ष वीरबहादुर लामाका अनुसार जलविद्युत् आयोजनाको मेसिनमा प्राविधिक समस्या आएपछि तीन महिनादेखि बन्द रहेको आयोजना हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

हिमालपारिको दुर्गम क्षेत्रमा पर्ने यी ठाउँ मनासलु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिका–१ मा पर्छ । यहाँ हालसम्म मोटरबाटो नपुगेकाले मर्मत कार्य चुनौतीपूर्ण बनेको थियो । अध्यक्ष लामाले भारतबाट आवश्यक उपकरण झिकाएर हेलिकोप्टरमार्फत ढुवानी गरी मर्मत गरिएको जानकारी दिनुभयो । धेरै सकस गरेर बल्ल बल्ल आयोजना सञ्चालनमा ल्याउन सफल भयौँ, अध्यक्ष लामाले भन्नुभयो, “सामागाउँ र साम्दोमा बिजुली सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा र आन्तरिक तथा बाह्य पर्यटक अँध्यारोमा बस्न बाध्य भएका थिए ।” उत्तरी गोरखामा विशेष गरी चिसोयाममा विद्युत् अभावले दैनिकी प्रभावित भएको थियो । ल्होसार पर्वका अवसरमा पुनः बत्ती बाल्न पाउँदा स्थानीय बासिन्दा खुसी भएको सामागाउँका स्थानीय दोर्जे लामाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...