नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव

Published on

काठमाडौं । नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा पुग्नेछन् । यस क्षेत्रमा साइकलिङलाई प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली, पर्यावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक सचेतनामा टेवा पुर्‍ याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।

आयोजकका अनुसार महोत्सवको पहिलो दिन वाटरपार्क, कान्तिताल, सिद्धिविनायक लायन्स पार्क हुँदै कोहलपुरमाको खडगवार हात्तिसार, बाँके राष्ट्रिय निकुञ्जसँगै सुतैया तालउको भ्रमण गरी गाभर भ्यालीमा टोली पुग्नेछ । साइकल र्‍यालीले विभिन्न जनचेतनामूलक गतिविधि, स्वास्थ्य तथा वातावरणसम्बन्धी सन्देश प्रवाह तथा प्रतिस्पर्धात्मक साइकल दौड सञ्चालन गर्नेछ । आयोजनका अनुसार साइक्लिस्टले नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको यात्रा मार्गमा पर्ने विभिन्न स्थानमा स्थानीय संस्कृति, पर्यटकीयस्थल तथा सामाजिक गतिविधिको प्रवद्र्धन गर्नेछन् ।

कार्यक्रममा स्वदेशी तथा विदेशी साइक्लिस्टहरुको सहभागिता छ । साइकल यात्राले पर्यटन प्रवद्र्धनका साथै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक सहकार्य विस्तार गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गरिने बताइएको छ । महोत्सवमा २५० जना साइक्लिस्टको सहभागिता छ । गोरखापत्र

spot_img

ताजा समाचार

भाषण होइन, अब काम गरेर देखाउँछु : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार...

स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा

काठमाडौं । स्विडेनले युक्रेनका लागि आफ्नो सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । जसको...

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं । नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम...

सल्यानका १६ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम सुरु

काठमाडौं । जिल्लाका १६ वटा सामुदायिक वनमा कर्णाली प्रदेश सरकारको पहलमा दिगो वन व्यवस्थापन...