मोटरसाइकल दुर्घटनामा न्यौपानेको मृत्यु

Published on

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर कालीकोटमा एक जनाको मृत्यु भएको छ । कालीकोट सदरमुकाम मान्मदेखि घर जानेक्रममा पचालझरना गाउँपालिका –४ का जन्मप्रसाद न्यौपानेको मृत्यु भएको हो । नेपाली काँग्रेस कालीकोट प्रदेशसभा (ख) का प्रवक्ता रहनुभएका न्यौपाने सवार भे ६ प ३३३१ नम्वरको मोटरसाइकल आज बिहान अन्दाजी ७ः३० बजेको समयमा कर्णाली राजमार्गअन्तर्गत कालेखोला खण्डमा दुर्घटना भएको थियो । 

कालेखोला मोड दुर्घटना हुँदा मोटरसाइकल सडकमै रहे पनि न्यौपाने सडकभन्दा तल खस्नुभएको थियो । घाइते अबस्थामा उद्धार गरेर जिल्ला अस्पताल कालीकोटमा उपचार गराउँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले मोटरसाइकलमा उहाँ मात्र सवार रहेको र दुर्घटना हुँदा नै घाँटी भाँचिएर मृत्यु भइसकेको अनुमान गरिएको बताउनुभयो । बाँकी रिपोर्ट पोस्टमार्टमपछि आउने उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...

विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश...

कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत...