नाउपा नेपालका उम्मेदवार रास्वपामा प्रवेश

Published on

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । चकिया (जाँतो) चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनु भएको उहाँ निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको हो । उहाँलाई आज रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु, सो पार्टीको क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्द, हरि रेग्मी लगायतका नेताहरूले पार्टी प्रवेश गराउनुभयो । रेशमलाल चौधरीको संरक्षणमा रहेको नागरिक उन्मुक्ति पार्टी, नेपालले कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले थारू समुदायको सवालमा उठाएको एजेण्डा मिलेकाले नाउपा, नेपालको उम्मेदवार चौधरी आफ्नो पार्टीमा आएको रास्वपा केन्द्रीय सदस्य थारुले जानकारी दिनुभयो । उम्मेदवार चौधरी रास्वपा प्रवेश गरे पनि उहाँको उम्मेदवारी भने कायम रहि रहने छ । चौधरीले सम्भवतः अब आफैलेसमेत आफूलाई भोट नहाल्ने उम्मेदवार बन्नु हुनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...