पत्रकारहरूलाई आचारसंहिता तालिम

Published on

काठमाडौं ।आगामी फागुन २१ को निर्वाचनका लागि इलाममा पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी तालिम दिइएको छ । नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजना र महासङ्घ कोशी प्रदेशको सहकार्यमा दिइएको तालिममा कस्ता किसिमका समाचार सामग्री तयार गर्ने, निर्वाचन आचारसंहिताको पालना भए नभएको, उम्मेदवारहरूको प्रोफाइल लगायतका विषयमा छलफल गरिएको थियो । तालिममा चुनावी खर्चमा हुने पारदर्शिता, भोजभतेर, चुनावी खर्चको प्राप्ति, सरकारी स्रोतको दुरुपयोग, दल र उम्मेदवारको घोषणापत्रको समीक्षा लगायतका विषयलाई समाचारमा उल्लेख गर्न सकिने विषयमा छलफल गरिएको छ । इलामका अग्रज पत्रकार विजय शेखर भट्टराई र महासङ्घ कोशी प्रदेश समिति सदस्य बुद्धमाया सोङ्मीले तालिमको सहजीकरण गर्नुभएको थियो । तालिममा निर्वाचन आयोगले निर्वाचन सम्बन्धी गरिरहेको तयारी सम्बन्धमा जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयालले जानकारी गराउनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...