बाँके–२ का कांग्रेस उम्मेदवार कोइरालाले सङ्कल्प–पत्र सार्वजनिक

Published on

काठमाडौं । नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आफ्नो सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ। सङ्कल्प–पत्रमा कानुन–न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग–व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, युवा खेलकुदको उत्थान, साथै धर्म–संस्कृति जगेर्नाप्रति प्रतिवद्धता बुँदागत रूपमा समेटिएको छ। उम्मेदवार कोइरालाले बुधबार सार्वजनिक कार्यक्रममा लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। सुशासनतर्फ उहाँले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीतिलाई कार्यान्वयन गर्ने, जिम्मेवार तहमा रहेका सबैलाई आफ्नो काम र कर्तव्यप्रति जवाफदेही बनाइ असललाई पुरस्कृत र खराबलाई दण्ड दिने नीति–संस्कृति अवलम्बन गर्ने प्रतिवद्धता सङ्कल्प–पत्रमा समेटिएको जानकारी दिनुभयो।

भौतिक पूर्वाधार र विकासतर्फ नेपालगन्जमा वृहत चक्रपथ (रिङ रोड) निर्माण, नेपालगन्ज–डुडुवा क्षेत्रका सडक, ढल र नाला निर्माणमा विशेष प्राथमिकता दिने, ग्रामिण क्षेत्रका फुसको छानालाई विस्थापित वैकल्पिक छानोले प्रतिस्थापन गर्ने लगायतका योजना सङ्कल्प–पत्रमा रहेका छन्। उहाँले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्ने, नेपालगन्ज–दिल्ली लगायत भारतीय शहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने, बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, राप्ती (सिधनियाघाट) क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गर्नुभएको छ। स्वास्थ्य क्षेत्रमा भेरी अस्पताललाई ५ सय शैयाको स्तरोन्नति गर्ने, पुरानो ओपिडी ब्लक भत्काएर अत्याधुनिक ब्लक निर्माणका लागि द्रुत गतिमा प्रक्रिया अगाडि बढाउने, तथा खेलकुदको समग्र विकासका लागि क्रिकेट, फुटबल लगायतका खेल मैदान निर्माणका पहल गर्ने प्रतिवद्धता पनि सङ्कल्प–पत्रमा समावेश गरिएको छ।

कार्यक्रम नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारी, सङ्कल्प–पत्र तयारी समितिका सदस्य ललित कुमार रौनियार, प्रचार–प्रसार समितिका सदस्य उमा थापा मगर र क्षेत्र नम्बर २ का संयोजक सुनिलसिंह हमाललगायतले जनताका चाहनाहरू सङ्कल्प–पत्रमा समेटिएको बताएका थिए। गोरखापत्र

spot_img

ताजा समाचार

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई...

झापामा चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

काठमाडौं । राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको...

देशलाई सम्हाल्ने दल कांग्रेस हो : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै...

गोटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालन गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द...