प्रतिनिधिसभा निर्वाचन : झुलाघाट सीमा तीन दिन बन्द

Published on

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमानालाई तीन दिनका लागि बन्द गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नाका बन्द गरिने छ। त्यसअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म झुलाघाट नाका पूर्णरूपमा बन्द रहने छ। बैतडीको करिब ३१ किलोमिटर सीमा भारतसँग जोडिएकोले सुरक्षा सतर्कता उच्च पारिएको छ। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका बिओपीमार्फत निगरानी कडा गरिएको छ। त्यसैगरी, तल्लो सोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावत निर्वाचन अवधिभर रोक लगाइने निर्णय गरिएको छ। यस निर्णयले निर्वाचनको समयमा शान्ति सुरक्षामा कुनै असर नपरोस् भन्ने सुनिश्चित गर्ने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो। यसअघि सम्पन्न निर्वाचनहरूमा पनि ७२ घण्टा सीमानालाई बन्द गर्ने अभ्यास रहँदै आएको छ। अत्यावश्यक अवस्थामामा भने नेपाल–भारतबिच आपसी समन्वयमा नाका सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...

विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश...

कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत...