अपाङ्गता भएका व्यक्तिलाई घरमै परिचयपत्र

Published on

काठमाडौं । इलामको माइजोगमाई गाउँपालिकामा अपाङ्गता भएका अशक्त व्यक्तिलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकास्थित अपाङ्गता समन्वय समितिले वडा १ र ३ मा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र हस्तान्तरण गरेको हो । पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको व्यक्तिगत र पारिवारिक अवस्था बुुझ्ने, आवश्यक पुनस्र्थापना सेवाको पहिचान गर्ने, स्वास्थ परीक्षणका साथ अपाङ्गता परिचयपत्र हस्तान्तरण गर्ने साथै न्यानो कपडा वितरण गर्ने काम गरिएको गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईले बताउनुुभयो । 

परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राईसहित गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे माइजोगमाई आधारभूत अस्पतालका डा. यसमिन शेर्पा लगायतको सहभागिता थियो । त्यसक्रममा माइजोगमाई गाउँपालिका –१ प्रेमेजुङमा अपाङ्गता भएका दुुई जनालाई रातो (पूर्ण अशक्त अपाङ्गता) परिचयपत्र वडा –३ मा एक जनालाई रातो (पूर्ण अशक्त अपाङ्गता) र एक जनालाई निलो (अति अशक्त अपाङ्गता) परिचयपत्र वितरण गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...