देशलाई सम्हाल्ने दल कांग्रेस हो : उपसभापति शर्मा

Published on

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्नुभएको छ ।  बुधबार महोत्तरीको क्षेत्र नं ४ को सम्सी बजार पुग्नु भएका उपसभापति शर्माले पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवामा नेतृत्व हस्तान्तरण गरिसकेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उत्पन्न भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान दल नेपाली कांग्रेस नै भएको बताउँदै उहाँले जेनजी पुस्ताको भावना बुझेर उनीहरूसँग समन्वय गर्दै अघि बढ्ने नीति पार्टीले लिएको स्पष्ट पार्नुभयो। उपसभापति शर्माले आसन्न निर्वाचन यही फागुन २१ गते हुने जानकारी दिँदै महोत्तरी निर्वाचन क्षेत्र नं.४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवलाई मतदान गरी विजयी बनाउन मतदातासँग आग्रह गर्नुभयो। सो अवसरमा उपसभापति शर्माले सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारमा शहीद शिवचन्द्र मिश्रको शालिकमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगर प्रमुख सुनिल कुमार यादव ले उपसभापति शर्माको महोत्तरी भ्रमणले पार्टी सङ्गठन थप मजबुत बनेको बताउनुभयो। उहाँले महोत्तरी–४ मा कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्नुभयो। यसैगरी, नेपाली कांग्रेसका मधेश प्रदेश समिति सदस्य नरेन्द्र यादव ले कांग्रेसको नीति र नेतृत्वप्रति जनविश्वास बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उम्मेदवार महेन्द्र रायले पार्टी नेतृत्व, नेताकार्यकर्ता र मतदाताबाट प्राप्त समर्थनले आफू थप उत्साहित भएको प्रतिक्रिया दिँदै शहीदको बलिदानलाई आत्मसात गरी समावेशी विकास र जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाका सभापति, वडा सभापतिहरू, स्थानीय नेताकार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई...

झापामा चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

काठमाडौं । राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको...

गोटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालन गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द...

अपाङ्गता भएका व्यक्तिलाई घरमै परिचयपत्र

काठमाडौं । इलामको माइजोगमाई गाउँपालिकामा अपाङ्गता भएका अशक्त व्यक्तिलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण...