मोरङमा दुई दिन नागरिकता वितरण नहुने

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहरू निर्वाचनसम्बन्धी तालिममा खटिनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकतासम्बन्धी सेवा दुई दिनका लागि बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै फागुन १४ र १५ गते नागरिकता शाखाका सेवाहरू स्थगन गरिएको जानकारी दिएको हो । कार्यालयका अनुसार २०८२ साल फागुन १४ देखि फागुन १५ गतेसम्म नयाँ नागरिकता शाखा तथा प्रतिलिपि नागरिकता शाखाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द रहने छन् ।

निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारी खटनपटन भइसकेको र निर्वाचनमा खटिने कर्मचारीहरूले अनिवार्य रूपमा तालिम लिनुपर्ने व्यवस्था भएकाले सेवा प्रवाह रोक्नुपरेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “निर्वाचनसम्बन्धी तालिम लिनुपर्ने व्यवस्था भएकोले यस कार्यालयको नयाँ नागरिकता शाखा तथा प्रतिलिपि नागरिकता शाखाबाट प्रवाह हुने सेवा बन्द हुने बेहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

प्रशासनले सेवा बन्द हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको समेत जनाएको छ । फागुन १६ गतेदेखि भने नागरिकता सम्बन्धी सेवाहरू पुनः सुचारु हुने छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...