गुल्मीका नौ स्थानीय तहमा सार्वजनिक बिदा

Published on

काठमाडौं । मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीका अनुसार गाउँपालिकाको अध्यक्ष स्तरको बैठकबाट मगर दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको होे । उक्त दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालयहरू, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायतका कार्यालयहरू बन्द रहने गाउँपालिकाले जनाएको छ ।

मगर समुदायले नेपालको इतिहास, संस्कृति भाषा, परम्परा, कला, लोकसंस्कृति तथा राष्ट्रिय एकताको माध्यमबाट राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान गरेकाले सार्वजनिक बिदा दिइएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । स्थानीय कला संस्कृति परम्परालाई संरक्षण गर्नु पालिकाको दायित्व भएको पनि उहाँको भनाइ छ । मगर दिवसका अवसरमा यहाँका स्थानीय मगरहरूले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...