लागूऔषधसहित दुई जना पक्राउ

Published on

काठमाडौं । अर्जुनचौपारी गाउँपालिका –१ जिरो चोकबाट लागूऔषधसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । प्रहरीको विशेष अप्रेसन टोलीले सवारी साधन चेकजाँचको क्रममा ना ३२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषध फेला परेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा अर्जुनचौपारी –१ निवासी २९ वर्षीय उत्तमबहादुर थापा मगर र सोही स्थानका २७ वर्षीय अनिस थापामगर रहेको चौधरीले जानकारी दिनुभयो । उनीहरूको साथबाट डाइजेपाम इन्जेक्सन आइपी पाँच एम्पुल, फेनेरगन पाँच एम्पुल र बुप्रेनोर्फिन पाँच एम्पुल बरामद गरेको चौधरीले बताउनुभयो । प्रहरीले मोटरसाइकल र दुई थान मोबाइल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...