नेपालगन्जका मुस्लिम महिलालाई मतदाता शिक्षा

Published on

काठमाडौं । मुस्लिम समुदायको बाक्लो जनसंख्या रहेको नेपालगन्जका विभिन्न क्षेत्रका मुस्लिम महिलाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ । मतदाता शिक्षाको अभावमा मुस्लिम समुदायका महिलाहरुको मत बढी बदर हुने गरेको पाईएपछि महिला, कानून र विकास मञ्च काठमाडौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्ज–२१ विर्ता गाउँका मुस्लिम महिलाहरुलाई मतदाता शिक्षा प्रदान गरेको हो । फागुन २१ गते हुन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरि मुस्लिम महिलाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरमा पछि थपिएका अधिकांश वडाहरु ग्रामिण क्षेत्रमा पर्ने भएकोले ती क्षेत्रका मुस्लिम महिलालाई लक्षित गरेर मतदाता शिक्षा प्रदान गरिएको र सो शिक्षा अन्तर्गत उनीहरुलाई मतदान गर्ने तरिका सिकाउँदै नमुना मतदान समेत गराईएको बताउनुभयो । 

मतदाता शिक्षा कार्यक्रममा सहभागी अधिकांश मुस्लिम महिलाले विभिन्न निर्वाचनमा भाग लिएपनि अहिलेसम्म मतदान बारे राम्रो ज्ञान नभएकोले मत बदर हुने गरेको जनाउँदै यस पटक राम्ररी सिक्न पाएको बताउनुभयो । कार्यक्रममा सहभागी नेपालगन्ज २१ का स्थानीय महिला जमिला खानले भन्नुभयो, ‘हामी पढे लेखेका छैनौ मतदान गर्ने बेला नजानेर मत विग्रिन्छ र मत बदर हुन्छ, मतदानबारे हामीलाई अहिले मात्र नभई अरु समयमा पनि सिकाउन जरुरी छ ।’ उहाँले चुनावको बेला राजनीतिक दल र उम्मेदवार सबै मत माग्न आउने तर मतदान गर्ने बारे कसैले पनि नसिकाउने गर्दा समस्या रहेको बताउनुभयो। मतदाता कार्यक्रममा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भूमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुराहरुलगायतका बारेमा रविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी महिलाहरुलाई मतदानबारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो । प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको संख्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष तिवारीले बताउनुभयो । सो कार्यक्रममा उक्त क्षेत्रका अधिकांश मुस्लिम महिलाहरुको सहभागिता रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...