झापामा चुनावी सरगर्मी : सहिद परिवारसँग चुनावी भलाकुसारी

Published on

काठमाडौं । दस वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग नेकपाका उम्मेदवार पुरुषोत्तम चुडालले भेटघाटलाई तीव्रता दिनुभएको छ । झापा क्षेत्र नं. ४ स्थित झापा गाउँपालिका–१ का सहिद परिवारसँग उम्मेदवार चुडालले घरदैलोका क्रममा भेटघाट गर्नुभएको हो । उम्मेदवार चुडाल स्वयं पनि जनयुद्धका क्रममा २८ महिना कठोर बन्दी जीवन बिताउनुभएका व्यक्ति हुनुहुन्छ । तत्कालीन समयमा झापाको सुरुङ्गाबाट पक्राउ पर्नुभएका उहाँलाई लामो समय बेपत्ता पारिएको थियो । चुडालसँगै पक्राउ परेपछि सेना तथा प्रहरीको कारबाहीमा परी मृत्यु भएका भीम खनाल ‘बाबा’ र डिल्लीराम लिम्बू ‘गगन’ को घरमा पुगेर उहाँले परिवारसँग भलाकुसारी गर्नुभयो । भेटघाटमा उहाँसँगै जनयुद्धकालमा लामो समय जेल जीवन बिताउनुभएकी नेकपाकी समानुपातिक उम्मेदवार ममता राजवंशी पनि सहभागी हुनुहुन्थ्यो । घरदैलोका क्रममा उनीहरूले आन्दोलनका बेला आफूले गुमाएका मित्रहरू र तत्कालीन सङ्घर्षका क्षणको स्मरण गर्नुभयो ।

भेटका क्रममा सहिद भीम खनालकी आमा कौशिला खनालले देशको मुक्तिका लागि छोराले बलिदान दिएको बताउँदै आवश्यक परेको खण्डमा आफू अझै बलिदान दिन तयार रहेको भावुक अभिव्यक्ति दिनुभयो । यसैगरी, अर्का सहिद डिल्लीराम लिम्बूकी आमा टीकामाया लिम्बूले जनयुद्धले देशका नागरिकलाई रैतीबाट मान्छे बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले छोरा गुमाए पनि त्यसको बदलामा देशले गणतन्त्र पायो, जनताका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री बन्ने दिन आयो । तर, गरिबीबाट अझै मुक्ति मिल्न सकेको छैन ।” उहाँले जनतालाई अधिकारसम्पन्न बनाएपछि अब रोग, भोग र गरिबीबाट मुक्ति दिलाउन उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...