रास्वपाका जिल्ला सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । बिहीबार बर्दघाट–१२ स्थित चौपत्तामा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका सभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टीमा स्वागत गर्नुभयो । रास्वपाका तर्फबाट जिल्लाको नेतृत्व गरिरहनुभएका ठकुरी पछिल्लो समय उम्मेदवार चयन र टिकट वितरणको विषयलाई लिएर नेतृत्वसँग असन्तुष्ट हुनुहुन्थ्यो । ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका तर्फबाट १२ हजार ४९९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा प्रभावशाली नेता ठकुरीले पार्टी छाडेपछि पश्चिम नवलपरासीमा रास्वपालाई ठुलो धक्का लागेको विश्लेषण गरिएको छ ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाल रास्वपामा प्रवेश गरी टिकट पाएपछि ठकुरी रुष्ट बन्नुभएको थियो । यसअघि सुस्ता गाउँपालिकाका उपसभापति रहनुभएका महेन्द्रका दाजु गुप्तसेन ठकुरीले पनि रास्वपा परित्यागको घोषणा गरिसक्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...