नारायणखोलाबाट उद्धार गरी ल्याइएको रतुवा मृगको मृत्यु

Published on

काठमाडौं । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलबाट उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याइएको रतुवा मृग मरेको छ । शनिबार नारायणखोलास्थित माइस्थान खोला बगरमा दुईवटा कुकुरले लखेटी रहेको अवस्थामा रतुवा मृगलाई स्थानीयले उद्धार गरी प्रहरी चौकी पत्थरकोटमा बुझाएका थिए । कुकुरले टोकेर घाइते बनाएको उक्त रतुवा मृगलाई प्रहरीले लालबन्दीस्थित डिभिजन वन कार्यालयको जिम्मा लगाएको थियो ।

स्थानीयले फेला पारेर बुझाएको रतुवा मृगलाई कार्यालयमा ल्याएर उपचार गर्ने तयारी गर्दागर्दै मरेको डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत हिरोहित चौधरीले जानकारी दिनुभयो । मरेको रतुवा मृगलाई कार्यालय परिसरमा प्रहरी र जनप्रतिनिधिको रोहबरमा खाल्डो खनी गाडिएको वन अधिकृत चौधरीले बताउनुभयो । रतुवा मृग उच्च पहाडी भेगदेखि भित्री मधेशमा समेत पाइने स्तनधारी जङ्गली जनावर हो । हेर्दा घोरल जस्तै देखिने यो जनावर रातो रङको हुन्छ ।

अध्याँरोमा बढी सक्रिय हुने रतुवा मृगलाई कतिपय ठाउँमा राते बाख्री तथा वन बाख्रोसमेत भन्ने गरिएको छ । रतुवालाई उद्धार गरी प्रहरी चौकी पत्थरकोटमा बुझाउने नारायणखोलाका स्थानीय रोशन दोङले आफूहरुको ठाउँमा पहिलो पटक यस्तो प्रकारको जङ्गली जनावर देखा परेको जानकारी दिनुभयो । दोङसँगै कुलदोज बोम्जन र साइला बलले रतुवा मृगलाई उद्धार गरेर प्रहरीमा बुझाउनुभएको थियो । कुकुरले टोकेर दौडनै नसक्ने अवस्थाको रतुवा मृगलाई ट्याक्टरमा हालेर पत्थरकोट ल्याएर प्रहरीलाई बुझाएको दोङले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...