उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण

Published on

काठमाडौं । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरिएको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न  ढोरपाटन नगरपालिकाले साँघु निर्माण गरेको हो । हरेक वर्षातको समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । चालु आर्थिक वर्षमा विनियोजन गरेको नौ लाख ५० हजार रुपियाँको लागतमा मौलिकतासहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । साँघुको सहतमा सिमेन्टको ढलानसहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरेको उहाँको भनाइ छ । मौलिकता झल्किने साँघुले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन निकै बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधन भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ ।” ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्नेगरी उक्त साँघु निर्माण भएको छ । पुल नहुँदा हरेक वर्षातको समयमा उत्तरगङ्गाले बगाएर दुईतीन जनाले ज्यान गुमाउने गरेको ढोरपाटन नगरपालिका–९ का कुलबहादुर विकले बताउनुभयो । नगरपालिकाले साँघु बनाएपछि वारपार गर्न सहज हुने उहाँको भनाइ छ । साँघु बने पनि पक्की पुलजस्तै बनेको विकले सुनाउनुभयो ।

“यत्ति साँघु दुई–चार वर्ष पहिला नै बनेको भए धेरैको ज्यान बच्थ्यो, ढिलै भए पनि बन्यो, अब कसैले पनि खोला तर्दा बगेर मृत्युवरण गर्नुपर्ने छैन”, उहाँको भन्नुभयो, “यस्तो खालको साँघु त मैले अहिलेसम्म देखेको थिइनँ, धेरै राम्रो बनेको छ, साँघुमा छानो पनि रहेको हुँदा पर्यटकले यही उभिएर ढोरपाटन उपत्यकाको अवलोकन गर्न सक्नेछन् ।” साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकीपाटन र जलजला जाने पर्यटकले घण्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...