‘निर्वाचनलाई विश्वसनीय बनाउन प्रर्यवेक्षकको भूमिका महत्त्वपूर्ण’

Published on

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँकेले जिल्लाका विभिन्न स्थानमा पर्यवेक्षण गर्ने जिम्मेवारी पाएका निर्वाचन प्रर्यवेक्षकहरुलाई अभिमुखिकरण गरेको छ । सो अभिमुखिकरण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्वाचनलाई विश्वसनिय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकार स्वच्छ, निष्पक्ष, भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लागि परेको बताउँदै सबैले निर्वाचन आचारसंहिताको पालना गर्दै व्यवसायिक रुपमा काम गर्न अनुरोध पनि गर्नुभयो । निर्वाचनमा सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भन्दै प्रमुख जिल्ला अधिकारी तामाङले सामूहिक कार्यलाई सबैले भूमिका निर्वाह गरी सम्पन्न गर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

यसैगरी, अभिमुखिकरणमा बोल्दै नियोक लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गौतमले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै पर्यवेक्षण गर्न सबैलाई अनुरोध गर्नुभयो । नियोकले जेनजीहरुलाई समेत पर्यवेक्षकको रुपमा खटाएको उहाँले बताउनुभयो । नियोक बाँके शाखाका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले निर्वाचनलाई सफल पार्नु हामी सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो ।

अभिमुखिकरणमा पर्यवेक्षणको उद्देश्य, निर्वाचन पर्यवेक्षकले ध्यान दिनुपर्ने कुराहरु, पर्यवेक्षकको भूमिका, मौन अवधि, निर्वाचनका दिनदेखि मतदान सम्पन्न भएसम्म पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता, रिपोर्टिङ प्रक्रिया, कल सेन्टर लगायतका विषयमा नियोक जिल्ला समिति बाँकेका अध्यक्ष नमस्कार शाह र सचिव हेमराज भट्टले सहभागिहरुलाई सहजिकरण गर्नुभएको थियो ।

अभिमुखिकरण पश्चात पर्यवेक्षकहरुलाई नियोक लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गौतमले सपथ ग्रहण गराउनुभयो । 
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बाँकेमा नियोकबाट ११ र जेनजीबाट १० जना पर्यवेक्षकले जिल्ला भरी पर्यवेक्षण गर्ने जिम्मेवारी पाएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...