गृहमन्त्री अर्याल सुदूरपश्चिम आउनुहुँदै

Published on

काठमाडौं । निर्वाचन स्थलहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार सुदूरपश्चिम प्रदेश आउनुहुने भएको छ । प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा पुगेर विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यका साथ मन्त्रिस्तरीय अनुगमनलाई महत्त्वका साथ हेरिएको छ । गृहमन्त्री अर्याल आज दिउँसो १२ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका आइपुग्ने कार्यक्रम रहेको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा समीक्षा गर्नुहुनेछ । साथै बझाङ र बाजुरामा समेत सुरक्षा अवस्थाबारे जानकारी लिँदै सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । मन्त्रिस्तरीय भ्रमणलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता थप कडा पारिएको प्रशासनले जनाएको छ । स्थानीय तह र सुरक्षा निकायबिच समन्वयलाई अझ प्रभावकारी बनाउँदै निर्वाचन प्रक्रिया व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखिएको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...