रातो मछिन्द्रनाथको जलेको पाङ्ग्रा बनाउन सुरु

Published on

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु भएको छ । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथका पाङ्गा अहिले परम्परागत शैलीमा नयाँ बनाउने काम भइरहेको हो । धार्मिक र सांस्कृतिक मान्यता अनुसार रातो मछिन्द्रनाथको पाङ्ग्रा सामान्यतया १२ वर्षमा एक पटक मात्र बनाउने गरिन्छ । तर कुनै आकस्मिक दुर्घटना वा क्षति भएमा मात्र बिचैमा नयाँ पाङ्ग्रा निर्माण गर्ने परम्परा छ ।

गत सरस्वती पूजाको शुभ साइत पारेर सुरु गरिएको यो निर्माण कार्यमा अनुभवी र दक्ष कालिगढहरू खटिएका छन् । प्राचीन विधि र शैलीलाई जस्ताको तस्तै कायम राख्दै निर्माण भइरहेका यी पाङ्ग्रा करिब डेढ महिनाभित्र तयार भइसक्ने लक्ष्य राखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...