नाग्म–गमगडी राजमार्ग १५ किलोमिटर कालोपत्रे हुने

Published on

काठमाडौं । सरकारले नाग्म–गमगडी राजमार्ग कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको छ। बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको नाग्म–गमगडी सडकको काम यसपटक भने अघि बढ्ने भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सरकारले बजेट स्वीकृत गरेपछि नाग्मदेखि देवारगाउँसम्म १५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको छ। डिभिजन प्रमुख श्रवणकुमार महताराका अनुसार आइतबार ठेक्का आह्वान गरिएको हो। उहाँका अनुसार कुल ९१ करोड ६६ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ र ठेक्का प्रक्रियाअनुसार खर्च निर्धारण गरिनेछ। नाग्मदेखि देवारगाउँसम्म १५ किलोमिटर सडक उच्चस्तरीय कालोपत्रे (एस्फाल्ट कंक्रिट) प्रविधिबाट निर्माण गरिनेछ। यस राजमार्गका लागि बहुवर्षीय बजेटसमेत स्वीकृत भइसकेको उहाँले जानकारी दिनुभयो।

भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले बजेट अभावका कारण रोकिएको राजमार्गको कामलाई प्राथमिकतामा राखी अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार सिंजा, मुगु र समग्र कर्णाली क्षेत्रका बासिन्दाबाट नाग्म–गमगडी सडक स्तरोन्नतिको माग आएपछि योजना अघि बढाइएको हो। उहाँले कठिन भू–भागका कारण राति सञ्चालन हुन नसक्ने कर्णाली राजमार्गको स्तरोन्नतिका लागि विज्ञ टोलीसमेत खटाइएको जानकारी दिनुभयो। चार वर्षअघि सिंजास्थित कनकासुन्दरी गाउँपालिका क्षेत्रमा करिब ६ किलोमिटर सडक कालोपत्रे गरिएको थियो। त्यसपछि बजेट अभावका कारण सडक डिभिजन कार्यालयले काम अगाडि बढाउन सकेको थिएन। पछि योजना आयोग हुँदै अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि काम पुनः अघि बढाइएको हो।

नाग्मदेखि मुगुसम्मको सडक रणनीतिक रूपमा उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको छ। सिंजा–मुगु–नाक्चेलाग्ना हुँदै चीन जोड्ने छोटो मार्गमध्ये यो एक हो। रारा र सिंजा क्षेत्र भ्रमण गर्ने पर्यटकका लागि सडक स्तरोन्नति भएमा यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। हाल ९३ किलोमिटर लामो नाग्म–गमगडी राजमार्गमध्ये करिब ६ किलोमिटर सडक यसअघि कालोपत्रे भइसकेको छ भने यस वर्ष थप १५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...