बिजुली सर्ट हुँदा एक घरमा आगलागी

Published on

काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१८ भुटनदेवी टोलमा विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । शनिबार राति १०:५० बजेर स्थानीय अचुत रोकाको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट घरसँगै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा अन्दाजी पाँच लाख ५० हजार रुपियाँ बराबरको धनमाल क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति ११ः२० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी चौकी ठुलोदमारले जनाएको छ । घटनामा मानवीय तथा चौपाया क्षति नभएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...