सबैभन्दा नयाँ र परिमार्जित पार्टी कांग्रेस नै हो : प्रदेश सभापति पुन

Published on

काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेका लागि सबैभन्दा नयाँ र परिमार्जित दल नेपाली कांग्रेसनै भएको दावी गर्नुभएको छ । बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुनले कुन पार्टी नयाँ, कुन पार्टी पुरानो र कुन पार्टी सही तथा कुन पार्टी गलत भनेर छुट्याईदिने काम फागुन २१ गते मतदाताले गर्ने बताउनुभयो । बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बानियाभारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरुलाई मुल्यांकन गर्ने काम जनताले निश्पक्ष रुपले गर्नुपर्ने समय आएको बताउनुभयो । 

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भन्नुभयो–‘कुन पार्टी सही, कुन पार्टी गलत भनेर यहाँहरुले नै छुट्याई दिनुपर्यो, नेपाली कांग्रेस पार्टी इतिहासमा रैतीबाट नागरिक बनाउने पार्टी हो, हरेक परिवर्तनमा नेतृत्व गरेको पार्टी नै कांग्रेस हो ।’ उहाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसको नीति र विधिमाथी धेरै प्रश्न उठेपछि आफूहरुले पार्टीभित्रै अन्तर संघर्ष गरेर नयाँ तथा युवा नेतृत्वसहित जनतामा आएको बताउनुभयो । 

नेता पुनले थप्नुभयो, ‘कांग्रेस पार्टीमा अहिले नयाँ र धेरै युवाहरुलाई अगाडी सारिएको छ, पुरानो अनुभव, नयाँ सोच र नयाँ नीतिका साथ हामी नयाँ ढंगले आएका छौं, यो देशमा कोही नयाँ छ त कांग्रेस पार्टी मात्र छ ।’ सो अवसरमा नेपाली कांग्रेसकी नेतृ एवम् महाधिवेशन प्रतिनिधि कमला हमालले देशका लागि सबैभन्दा बढी संघर्ष र बलिदान दिने काम कांग्रेसले मात्रै गरेको दावी गर्दै अहिलेको संकटको अवस्थामा फेरी पनि कांग्रेसकै नेतृतव देशलाई आवश्यक परेको बताउनुभयो ।निर्वाचनको मिति आउन तीन दिन मात्र बाँकी रहँदा बाँके क्षेत्र नम्बर ३ मा सबै उम्मेदवारले मतदाता भेटघाट, घरदैलो र चुनावी कोणसभाहरुमा तिव्रता दिएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...