रातिदेखि पशुपतिनगर नाका बन्द गरिदै

Published on

काठमाडौं । फागुन २१ को निर्वाचनलाई मध्यनगर गरी इलामको पशुपतिनगर नाका आज रातिदेखि बन्द गरिदै छ । निर्वाचनको लागि मौन अवधि सुरु भएदेखि फागुन २१ गते साँझ ५ बजेसम्मका लागि पशुपतिनगरसहितको सीमा बन्द (शील) गर्न लागिएको हो । निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरी नेपाल–भारत सीमा क्षेत्रबाट सम्पूर्ण आउजाउ बन्द गरी आज रातिदेखि सिमा शील गरिने इलामका प्रमुख जिल्ला अधिकारी लक्षुमन ढकालले जानकारी दिनुभयो । इलामको सलकपुरदेखि सन्दकपुरसम्मको ५२ दशमलव ५ किलोमिट नेपाल–भारत खुल्ला सीमा क्षेत्र रहेको छ । यी क्षेत्रमा खुल्ला रुपमा  दुबै देशतर्फ आउजाउ हुने गरेको छ । मुख्य रुपमा पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे र जौबारीबाट आउजाउ हुने गरेको छ । 

नाका ७२ घण्टा अर्थात फागुन २१ गते साँझ ५ बजे मतदान सकिएपछि खुल्ला गरिने प्रशासनले जनाएको छ । मौन अवधिको समयमा दुबै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा आउजाउ रोक्न र सुरक्षाका लागि समन्वयकारी भूमिका खेल्ने प्रजिअ ढकालले जानकारी दिनुभयो । नेपालको बिभिन्न जिल्लाका नागरिक भारतमा काम गर्न र अध्ययनका लागि यी नाका प्रयोग गरी आउजाउ गर्ने गर्दछन् । यस पटकको निर्वाचनमा यी नाका भएर भारतमा रहेका नेपाली न्यून संख्यामा मात्र नेपाल आएको पाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...