बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

Published on

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने क्रम बढ्दै गएको छ । कुनै समय बहुपति प्रथा स्वीकार गर्नुपर्ने र एकल विवाह गरेमा घर नै त्याग्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि हाल यो सामाजिक मान्यता परिवर्तन हुन थालेको हो । बहुपति प्रथाविरुद्ध सामाजिक चेतना र शिक्षित युवायुवतीको सक्रियताका कारण एकल विवाह रोज्नेको सङ्ख्या बर्सेनि बढ्दो छ । यसको पछिल्लो उदाहरण सिमकोट गाउँपालिका–३ का पेमाछिरिङ लामा र छिरिङ लामा हुन् । उनीहरूले गत माघ २१ गते बुधबार घरपरिवारको सहमतिमा मागी विवाह गरेका छन् । पाँच भाइमध्येका साहिला छोरा पेमाछिरिङका जेठो र माहिलो दाजुले पनि यसअघि नै एकल विवाह गरिसकेका छन् । बाँकी रहेका दुई भाइले पनि एकल विवाह नै गर्ने उनले बताए । पेमाछिरिङको जोडीसहित यस वर्ष मात्र लामा समुदायका ६ जोडीले एकल विवाह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, हुम्लाकी उपाध्यक्ष छपाल लामाका अनुसार बहुपति प्रथालाई पहिचान बनाएका हिमाली क्षेत्रका युवायुवती हाल एकल विवाहप्रति आकर्षित भइरहेका छन् । “यो प्रथाका नकारात्मक पक्षहरू बाहिर आउनु र यसलाई समाजले कुरीतिका रूपमा बुझ्न थालेपछि अधिकांश युवायुवती एकल विवाहमा लागेका हुन्,” उहाँले भन्नुभयो  । वर्षौँदेखि कायम रहेको यो परम्परालाई पछिल्लो पुस्ताले अस्वीकार गरे पनि फाट्टफुट्ट रूपमा भने अझै कायमै छ । विगतमा बहुपति प्रथा नमान्ने छोराले घर छोडेर भाग्नुपर्ने अवस्था रहे पनि अहिले त्यस विरुद्ध विद्रोह गर्न सहज भएको उपाध्यक्ष लामाको भनाइ छ । बहुपतिका केही सीमित सकारात्मक पक्ष भए पनि एउटै महिलाले भोग्नुपर्ने पीडा ठुलो हुने भएकाले युवापुस्ता यसको विरुद्धमा उभिएका हुन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...