तनहुँ प्रशासनका अत्यावश्यक सेवा फागुन २५ सम्म स्थगित

Published on

काठमाडौं । बिहीबार हुने हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू खटिनुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आफ्ना मुख्य सेवाहरू केही दिनका लागि स्थगित गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै निर्वाचन तयारी र सार्वजनिक बिदाका कारण सेवा प्रवाहमा रोक लगाइएको जनाएको हो । प्रशासनका अनुसार फागुन १९ गतेदेखि नै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, पेन्सन सिफारिस तथा नाबालक परिचयपत्र वितरण जस्ता कार्यहरू स्थगित गरिएका छन्। नेपाल सरकारले फागुन २०, २१ र २२ गते निर्वाचनको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दिपक रेग्मीका अनुसार यी सबै सेवाहरू फागुन २५ गतेबाट मात्र पुनः सञ्चालन हुनेछन् । निर्वाचनको विशेष जिम्मेवारी र लगातारको सार्वजनिक बिदाका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको छ ।

सवारी साधनमा  पासबिना सञ्चालन निषेध
यसैबिच प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले मतदानको दिन सवारी साधन सञ्चालनमा कडाइ गर्ने भएको छ । प्रशासनले सूचना जारी गर्दै फागुन २१ गते अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । निर्वाचन आयोगको निर्णय तथा गृह मन्त्रालयको निर्देशनअनुसार फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न भई सोही दिन राति ९ बजेसम्मका लागि सवारी आवागमन नियन्त्रण गरिने सूचनामा उल्लेख छ ।

प्रशासनका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, दूध, खानेपानी, फलफूल–तरकारी, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सञ्चारमाध्यमका प्रेस पास भएका सवारी, विद्युत् तथा दूरसञ्चार सेवामा खटिएका सवारी, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका सवारी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा गर्भवती महिलालाई ओसारपसार गर्ने सवारी भने सञ्चालन गर्न पाइनेछ ।

यस्तै, कूटनीतिक नियोगका सवारी, निर्वाचन पर्यवेक्षक, राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन टोली तथा निर्वाचन अधिकृतको सिफारिसमा पास प्राप्त गरेका सवारी साधनलाई समेत सञ्चालन अनुमति दिइने जनाइएको छ । प्रशासनले आवश्यक सवारीका लागि पासको व्यवस्था गरिएको र जारी गरिएको पास सम्बन्धित व्यक्तिले मात्र प्रयोग गर्नुपर्ने स्पष्ट पारेको छ । व्यवस्था उल्लङ्घन गरी सवारी सञ्चालन गरेमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । निर्वाचनलाई मर्यादित र भयरहित बनाउन नागरिकलाई प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...