दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

Published on

काठमाडौं । दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणनाका लागि सिसी क्यामेरा र तारजालीसहित गणनास्थल तयार पारिएको हो । फागुन २१ गते हुने निर्वाचनको मतगणनाका लागि निर्वाचन क्षेत्र नं. १ को लमही नगरपालिकाको हल, क्षेत्र नं. २ को घोराहीस्थित जिल्ला अदालतमा र क्षेत्र नं.३ को तुलसीपुरस्थित उच्च अदालतमा मतगणनास्थल तयार गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभएको छ ।  मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित बनाउनका लागि मतगणनास्थललाई तारजालीले बार्नका साथै सिसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत पण्डितले बताउनुभयो ।

उहाँका अनुसार तारजालीभित्र मत गणक कर्मचारी बस्ने र तारजालीको बार बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा हुन सक्ने समस्यालाई मध्यनजर गरेर तारजाली र क्यामेरा जडान गरिएको भन्दै मुख्य निर्वाचन अधिकृत पण्डितले भन्नुभयो,‘मतगणना सुुरु भएपछि गणनास्थलको सुरक्षा व्यवस्था कडा पारिने छ । मतपत्रको सुरक्षाका लागि फलामे तारजाली र सिसी क्यामेराको व्यवस्था गरेका छौ ।’ मतदान सकिएको करिव २ देखि ३ घण्टाभित्र मतपेटिका मतगणनास्थल ल्याउने गरि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ९८ वटा यातायातका साधनहरू तयार गरिएको उहाँले बताउनुभएको छ । जसमा जिप, मिनी बस र बसहरू रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...