इन्धन अभावले क्युबामा मानवीय सङ्कट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित

Published on

काठमाडौं । क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार इन्धन आयात गर्न नसक्दा क्युबामा ऊर्जा सङ्कट बढ्दै गएको छ, जसले स्वास्थ्य सेवा लगायतका आधारभूत सेवालाई गम्भीररूपमा प्रभावित बनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयका अनुसार अस्पतालमा बारम्बार विद्युत् कटौती, अत्यावश्यक औषधीको अभाव तथा महत्वपूर्ण चिकित्सा उपकरण सञ्चालनमा समस्या देखिएको छ । क्यान्सर उपचार, डायलिसिस सेवा, आकस्मिक उपचार, शिशु तथा मातृ स्वास्थ्य सेवा समेत प्रभावित भएका छन् ।

विद्युत् र स्रोतको अभावका कारण करिब १६ हजार क्यान्सर बिरामीलाई रेडियोथेरापी तथा १२ हजारभन्दा बढी बिरामीलाई केमोथेरापी उपचार उपलब्ध गराउन कठिन भएको जनाइएको छ । एम्बुलेन्समा इन्धन अभाव हुँदा आकस्मिक उपचारमा ढिलाइ भइरहेको छ । झण्डै दश लाख मानिस ट्याङ्करबाट ल्याइने पानीमा निर्भर रहेको र पानी पम्प गर्ने अधिकांश प्रणाली विद्युत्मा आधारित भएकाले सेवा अवरुद्ध भइरहेको बताइएको छ ।

खाद्य आपूर्ति प्रणाली पनि प्रभावित भएको छ । उत्पादनदेखि भण्डारण र वितरणसम्मको प्रक्रियामा समस्या देखिएकाले देशभर आधारभूत खाद्य वस्तुको उपलब्धता घट्दै गएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रसँग सहकार्य गर्दै क्युबामा मानवीय सहायता पुर्याउने प्रयास भइरहेको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...