कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

Published on

काठमाडौं । जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवाले सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको जनाएको हो । जिल्ला सुरक्षा समितिको मिति २०८२ चैत्र १० गतेको निर्णयअनुसार सोही दिन बिहान ९ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि मिति २०८२ चैत्र ७ गते दिउँसो २ बजे र चैत्र ८ गते दिउँसो १ बजेबाट जिल्लाका विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको, सरोकारवालासँग समन्वय गरी स्थिति नियन्त्रणमा ल्याइएको र अब नागरिकलाई सहज रूपमा आवतजावत तथा दैनिक कामकाज गर्न वातावरण बनेकाले निषेधाज्ञा हटाइएको बताउनुभयो । उहाँले सामाजिक सद्भाव, शान्ति सुरक्षा र कानुन व्यवस्था कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह समेत गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...