जलजलामा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

Published on

काठमाडौं । बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ४ मल्लाजमा नेपाली सेनाको वृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सेनाको नयाँ रणभीम गुल्म अन्तर्गत रहेको दुर्लुङ्गथुम ब्यारेक पर्वतको आयोजना र जलजला गाउँपालिका ४ नम्बर वडा कार्यालयको संयोजनमा फट्केढुङ्गा आधारभूत विद्यालय परिसरमा एकदिने निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरमा सैनिक अस्पताल पोखरा र प्रदेश अस्पताल बेनीबाट खटिएका चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गर्ने  व्यवस्था मिलाइएको छ । शिविरमा नम्बर २३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङ र क्लिनिक नेपाल भरतपुरको प्राविधिक सहयोग गरेको गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा स्त्री तथा प्रसुति, हड्डी तथा जोर्नी, दन्त,छाला सम्बन्धी रोग,उच्च रक्तचाप, मधुमेह, कान, नाक, घाँटी तथा आँखा र अन्य रोगको परीक्षण गरी निशुल्क औषधी  वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

उहाँले भन्नुभयो, “दुर्गम भेगमा बसोबास गर्ने गरिब तथा विपन्न परिवार, दलित समुदाय लगायतका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन वृहत स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । शिविरले रोग लुकाएर बसेका सर्वसाधारणको रोगको पहिचानमा पनि सहयोग पुग्ने आशा गरेका छौँ । स्वास्थ्य परीक्षण गरी रोग अनुसारको औषधी पनि वितरण गरिएको छ ।’’ शिविरमा करिब चार सय देखि पाँचसयको स्वास्थ्य परीक्षण गरि औषधी वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । शिविरलाई सफल पार्नका लागि गाउँपालिका र वडाले आवश्यक सहयोग उपलब्ध गराएको जलजला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।” शिविरमा माझफाँट,बासखर्क र लेखफाँटका बस्तीबाट सर्वसाधारण स्वास्थ्य परीक्षणका लागि आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...