ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

Published on

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ । पहिलो आक्रमणपछि प्रहरीले मध्य इजरायलका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । सञ्चार माध्यमका अनुसार करिब नौ स्थान प्रभावित भएका छन् । तेल अभिव क्षेत्रमा चार जना सामान्य घाइते भएको चिकित्सकलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । इजरायली सञ्चारमाध्यमले आक्रमणबाट फराकिलो क्षेत्रमा क्षति पुगेको उल्लेख गर्दै यसको कारण क्लस्टर हतियारको प्रयोग हुन सक्ने बताएका छन् । यस्ता हतियार हावामै विस्फोट भई साना बम छर्छन् । इरान र इजरायलले यसअघि पनि एकअर्कामाथि क्लस्टर बम प्रयोगको आरोप लगाउँदै आएका छन् । पहिलो आक्रमणको करिब छ घण्टापछि इजरायली सेनाले पुनः तीन चरणमा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र पहिचान गरेको जनाएको छ । यससँगै उत्तरी र मध्य इजरायलका अधिकांश क्षेत्रमा हवाई आक्रमणको साइरन बजाइएको थियो ।

सेनाको होम फ्रन्ट कमान्डले पछि देशभरका बासिन्दालाई सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति दिइएको जनाएको छ । पछिल्ला आक्रमणबाट कुनै हताहत वा ठूलो क्षतिको विवरण तत्काल प्राप्त भएको छैन । यसअघि बुधबार, यहुदी समुदायले निस्तार चाडको तयारी गरिरहेका बेला इरानी क्षेप्यास्त्र आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जना घाइते भएका थिए । होम फ्रन्ट कमान्डका अनुसार, उत्तरी इजरायलमा बिहीबार बिहानै लेबनानबाट हुने आक्रमणको चेतावनी दिइनुका साथै हवाई आक्रमणको साइरन पनि बजाइएको थियो । गत मार्च २ देखि युद्धमा सामेल भएको इरानको सहयोगी लेबनानी लडाकू समूह हिजबुल्लाहले सीमावर्ती क्षेत्रमा इजरायली सेनालाई लक्षित गरी रकेट प्रहार र गाउँमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । हालसम्म उक्त घटनाबाट कुनै हताहत वा क्षतिको पुष्टि भएको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...