जुम्लाको दुर्गा मावि लाम्राको एसईई परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षक निष्कासित

Published on

काठमाडौं । जुम्लाको दुर्गा माध्यामिक विद्यालय लाम्राका माध्यामिक शिक्षा परीक्षा (एसईई) का केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित भएका छन् ।  परीक्षा केन्द्रमा अङ्ग्रेजी विषयको दिनमा एक परीक्षार्थीको उत्तरपुस्तिका हराएको र केही समय पछि पाइएको भन्ने समाचार प्रकाशन भएको थियो । सो विषयमा प्रकाशित समाचारको आधारमा जिल्ला परीक्षा समन्वय समितिले सो केन्द्रमा भौगोलिक रुपमा घटनाको अध्ययन, अनुसन्धान गरेर बैठक बसि केन्द्राध्यक्ष मुकुन्द शर्मा र कक्षा कोठाका निरीक्षक हरिदेवी रावललाई यस वर्षको परीक्षामा नरहने गरि जिम्मेवारीबाट हटाइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्राध्यक्ष शर्मालाई जिम्मेवारीबाट हटाई सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस केन्द्रमा चार जनाको कपिको सिरियल समेत नमिलेको लगायतका लापरवाही भएको अनुसन्धानबाट पाइएको प्रजिअ पौडेलले थप्नुभयो ।

यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रछाने लुहारका अनुसार लापरवाही भएका केन्द्राध्यक्ष र निरीक्षक उहाँलाई जिम्मेवारीबाट हटाइएको छ । समाचार अनुसार संलग्न भएका भनिएका अन्य व्यक्तिलाई समेत परीक्षामा जिम्मेवारी नदिइने बताउनु भयो । सो केन्द्रमा सो विषयको अध्ययन गर्न, अनुसन्धान गर्न शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रछाने लुहार, सुरक्षा निकायको टिम त्यहाँ पुगेर आएपछि जिल्ला सदरमुकाममा जिल्ला परीक्षा समन्वय समितिको बैठक बसेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...