निसीखोलामा महिलाको शव फेला

Published on

काठमाडौं । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । गाउँपालिकाको वडा नं. ४ जैथुम्काको उपल्लो निसी लघुजलविद्युत आयोजना परिसरमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहायक निरीक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । आयोजनाको ओभरफ्लोमा अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो । शव पहिचान खुल्न सकेको छैन । पोष्टमार्टमका लागि बुर्तिबाङ अस्पताल पठाउने तयारीको गरिएको छ । घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुर्तिबाङ र हरिचौरको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

निसीखोला–४ का वडाध्यक्ष टिकानिधी पौडेलले महिलाको शव निसिखोला वडा नं. ४ कै हुनसक्ने बताउनुभयो । ‘‘शवलाई अहिलेकै अवस्थामा पहिचान गर्न नसकिएपनि आफ्नै वडाको भएको अनुमान आफन्त र हामीले गरेका छौं’’ पौडेलले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...