बाँकेको खजुरामा गोल्डकप, प्रथम पुरस्कार सात लाख

Published on

काठमाडौं । बाँकेको खजुरामा पहिलोपटक खजुरा गोल्डकप आयोजना हुँदैछ । लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको खजुरा डि गाउँस्थित मिनी रङ्गशालामा पहिलोपटक गोल्डकप हुन लागेको आयोजक न्यु डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो । क्लवका अध्यक्ष खत्रीले भन्नुभयो, ‘‘खजुरा गोल्डकपका लागि यहाँका स्थानीय अगुवाहरुको साथ र समर्थनले हौसला प्रदान गरेको छ, यसबाट गाउँमा पनि भव्य प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिनेछौं ।’’ प्रतियोगितामा गोरखा ब्वाईज स्पोर्टस क्लव बुटवल, संकटा स्पोर्टस क्लव काठमाडौँ, एपिएफ काठमाडौँ, फोर ब्रदर्श एफसी नवलपरासी, काँक्रेविहार क्लव सुर्खेत, नाईजेरियन जोन क्लव नाइजेरिया र जेविएम फुटबल एकेडेमी लखनउ भारतका गरी आठ टोलीको सहभागिता रहेको छ । चैत ३० गतेदेखि हुने प्रतियोगिताको फाइनल खेल वैशाख ६ गते हुनेछ ।

गोल्डकपको विजेताले नगद सात लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, उपविजेताले चारलाख रुपियाँ नगद प्राप्त गर्नेछ । खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद लगायत स्थानीय दाताहरुको सहयोगमा गोल्डकपको आयोजना हुन लागेको हो । करिब ६० लाखको लागतमा गोल्डकप आयोजना गर्न लागिएको क्लवले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...