क्रसर र मूल्य समायोजन माग्दै गुल्मीमा व्यवसायी आन्दोलन

Published on

काठमाडौं । क्रसर सञ्चालन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको मूल्य समायोजनको माग गर्दै गुल्मीका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्। जिल्लाभित्रका खोलाबाट गिटी–बालुवा उत्खननमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने मागसमेत व्यवसायीहरूको छ। गिटी–बालुवा उत्खनन रोकिँदा करिब चारदेखि पाँच अर्ब रुपियाँ बराबरका निर्माण कार्य प्रभावित हुने भन्दै निर्माण व्यवसायी संघले तत्काल समस्या समाधान गर्न माग गरेको छ। संघका अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय तहहरूले वैधानिक रूपमा रोयल्टी बुझाएर ठेक्का प्रक्रिया अघि बढाएको र वातावरणीय प्रभाव मूल्यांकन समेत भइसकेकाले उत्खननमा अवरोध गर्नु उचित नभएको तर्क गर्नुभयो। उहाँले खोलाबाट गिटी–बालुवा उत्खनन गरी क्रसर उद्योगमार्फत प्रशोधन नगरी निर्माण कार्य सम्भव नहुने भएकाले उपकरण प्रयोगमै रोक लगाउनु विकासविरोधी कदम भएको बताउनुभयो।

संघले तत्काल उत्खनन कार्य सञ्चालन गर्न अनुमति दिन, डोजरलगायत उपकरणमा लगाइएको प्रतिबन्ध हटाउन, स्थानीय तह र प्रशासनबिच समन्वय गरी स्पष्ट तथा व्यवहारिक नीति बनाउन तथा व्यवसायीले भोगिरहेको आर्थिक क्षतिका लागि राहतको व्यवस्था गर्न माग गरेको छ। अध्यक्ष श्रेष्ठका अनुसार समस्या समाधानमा ढिलाइ भएमा विकास निर्माणका कार्य पूर्ण रूपमा अवरुद्ध हुने, निर्माण क्षेत्र ठप्प हुने र व्यवसायी गम्भीर आर्थिक संकटमा पर्ने चेतावनी संघले दिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...