खुल्ला सिकाइ केन्द्रको भवन निर्माण सुरु

Published on

काठमाडौं । पश्चिम  नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १० मन्झरियामा स्थानीयको अध्ययन र सिकाइका लागि खुल्ला सिकाइ केन्द्रको भवन निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार बाट विनियोजित ३५ लाख रुपियाँको बजेटमा यो पूर्वाधार निर्माण हुन लागेको हो। केन्द्रका अध्यक्ष हरिनारायण चौधरीका अनुसार भवन निर्माण कार्य सुरु भएसँगै मन्झरियाका स्थानीय बासिन्दामा ठूलो उत्साह थपिएको छ । उहाँले भन्नुभयो, “गाउँमै यस्तो केन्द्र स्थापना हुनु हाम्रो लागि गौरवको कुरा हो, यसले अध्ययन संस्कृतिलाई प्रोत्साहन गर्नेछ ।

”पछिल्लो समय स्थानीय तह र प्रदेश सरकारको समन्वयमा सामुदायिक सिकाई केन्द्रहरू स्थापना गर्ने क्रम बढेसँगै मन्झरियामा हुन लागेको यो विकासलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। पछिल्लो समय स्थानीयस्तरमा सामुदायिक पुस्तकालय र सिकाइ केन्द्रहरूको अभाव खड्किरहेका बेला मन्झरियामा स्थापना हुन लागेको यो केन्द्रले विशेष गरी युवा, महिला र विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...