स्याङ्जाको फेदीखोलामा वैशाख ९ गतेबाट पठनपाठन हुने

Published on

काठमाडौं । सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपछि स्याङ्जाको फेदीखोलाले वैशाख २ गतेबाटै भर्ना र ९ गतेबाट पठनपाठन गर्ने भएको छ । फेदीखोलाले वैशाख २ देखि ७ गतेसम्म विद्यार्थी भर्ना अभियान र ९ गते देखि नियमित पठनपाठन गराउने भएको हो । फेदीखोला गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको र सोही अनुसार आवश्यक तयारी गर्न गराउन भनेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । सोही बमोजिमका वार्षिक शैक्षिक योजना र क्यालेन्डर बनाएर पठनपाठन गराउने तयारी गरेको हो । 

संविधान र कानुन अनुसार आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएको सुवेदीले बताउनुभयो । पालिकाले संघीय सरकारलाई शिक्षा सम्बन्धी निर्णयमा स्थानीय तहसँग पूर्वपरामर्श गर्न, स्थानीय सन्दर्भ अनुसार निर्णय गर्न, परिपत्रलाई मार्गनिर्देशक मात्र बनाउन र तीन तहबीच समन्वय सुदृढ गर्न सुझाव दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...