टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

Published on

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक खण्डअन्तर्गत माण्डवी गाउँपालिका –५ रम्दीबेशी भन्ने ठाउँमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको प्रहरीले जनाएको छ । माण्डवी गाउँपालिका –५ सिख्रे निवासी ४८ वर्षीय यामबहादुर घर्तीको उपचारको क्रममा प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ना ८ प २४२६ नम्वरको टिप्परले लु ५१ प २०९४ नम्वरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...