गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

Published on

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरातमा चितवन पुग्नुभएका मन्त्री गुरुङ आइतबार दिउँसो नवलपुर पुग्नुभएको हो । यसअघि उहाँले भरतपुरमा नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सुरक्षा निकायका उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग भेट गर्नुभएको छ । 

चितवन पुग्दा गृहमन्त्री गुरुङलाई स्वागत गर्न बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक, प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापा र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक एकनारायण कोइराला लगायतको उपस्थिति रहेको थियो । आइतबार बिहान रास्वपा चितवनका सभापति कृष्ण भुसाल र भरतपुर महानगर सभापति सीता ज्ञवालीले उहाँलाई भरतपुरमा स्वागत गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...