भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

Published on

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । बाढीपश्चात् अझै पाँच हजार १७९ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज साँझ सार्वजनिक गरेको विवरणअनुसार चितवनमा सबैभन्दा धेरै ३६४ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

हालसम्म फेला परेका शवमध्ये १०४ जनाको मात्र सनाखत भएको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ । बाढीबाट ठूलो जनधनको क्षति भएका कारण शवको पहिचान र आफन्तसम्म पुर्‍याउने काम सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायका लागि चुनौतीपूर्ण बनेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ । बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, बेपत्ता नागरिकको खोजी गर्ने तथा घाइतेको उद्धार र उपचार गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । बाढीपछि विस्थापित नागरिकमा देखिन सक्ने मानसिक तथा सामाजिक समस्यालाई सम्बोधन गर्न परामर्श सेवा सञ्चालन गरिएको हो । यसैगरी, नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम जारी राखेका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाले बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने काममा सहकार्य गरिरहेका छन् ।

बेपत्ता नागरिकको खोजी तथा पहिचानका लागि सम्बन्धित निकायले उपलब्ध प्रविधि र जनशक्तिको प्रयोग गरिरहेका छन् । प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा खोज तथा उद्धारका कामलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

spot_img

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत...

शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो

सरकारले धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम...

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक,...

‘तिनीहरू’ चलचित्रलाई सरकारको सहयोग रहने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्रको...