किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

Published on

काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेका थिए। छलफल सकेर सिंहदरबारबाट बाहिरिने क्रममा तामाङ पक्राउ परेका थिए।

प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ। अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो।

spot_img

ताजा समाचार

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...