भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

Published on

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र एमआइटी फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गर्नुभयो।

समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने व्यवस्था गरिनेछ। उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण तथा मनोसामाजिक सहयोगका लागि आवश्यक सहायता उपलब्ध गराइनेछ।

बालबालिकाको हेरचाहका क्रममा नातेदारमार्फत हुने पारिवारिक हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरिने समझदारीमा उल्लेख छ। समझदारी हस्ताक्षर भएको मितिदेखि बढीमा १८ वर्षसम्म सहयोग निरन्तर उपलब्ध गराइने भएको छ। यसअन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले लाभग्राही बालबालिकाको पहिचान, आवश्यक समन्वय तथा बाल संरक्षणसम्बन्धी कार्यमा सहजीकरण गर्नेछ।

त्यस्तै, एमआइटी फाउन्डेसनले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

spot_img

ताजा समाचार

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...