आईसीसी टी-२० वरीयतामा नेपाल दुई स्थान माथि

Published on

काठमाडौं – आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयताअनुसार नेपाल दुई स्थान माथि उक्लिँदै १४औँ स्थानमा पुगेको हो। नेपालको १८१ रेटिङ रहेको छ।

एशियाली खेलकुदअन्तर्गत आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेपछि नेपालले वरीयतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै १०औँ स्थानमा पुगेको छ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो। जितसँगै नेपालले वरीयतामा पनि सुधार गरेको हो। नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पौने ६ बजे जापानसँग प्रतिस्पर्धा गर्नेछ।

आईसीसी टी–२० वरीयतामा भारत शीर्ष स्थानमा यथावत् छ। इङ्ग्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा छन्।

spot_img

ताजा समाचार

पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गको चितवन खण्ड अझै अवरुद्ध

काठमाडौं – लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा...

१० दिन सुरुङमा फसेर उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज

काठमाडौं – रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार...

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा आवागमन बन्द

काठमाडौँ - लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द...

पशुपतिनाथ र बुद्धको सन्देशसँगै प्रधानमन्त्री शाहले टुंग्याए राष्ट्रसंघीय महासभा सम्बोधन

काठमाडौँ - प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको...